‘विमान दुर्घटना’ को खबर दिइएपछि | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

‘विमान दुर्घटना’ को खबर दिइएपछि

biman durghatana

हेटौंडा, १० पुस । स्थानीयले ‘विमान दुर्घटना’ भएको खबर दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीलाई तत्काल घटनास्थलमा पठाउनुभयो।स्थानीयले फोनमार्फत प्रहरीलाई यसबारे लगातार ‘जानकारी’ गराए।

हेलिकोप्टर दुर्घटनाको आशंकापछि तत्काल प्रहरी त्यसतर्फ परिचालित भयो। प्रहरी मात्र कहाँ हो र, सेनाले पनि धूवाँको मुस्लो देखिएपछि फास्टट्रयाकको लेनडाँडामा रहेको सैनिक पोस्टबाट एउटा टोली सर्च अपरेसनमा खटायो।

मकवानपुरगढीको सुकौरा र बकैया–१२ को ठिंगन सीमामा दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए। स्थानीयले दुर्घटनाको अनुमान गरेपछि नजिकका प्रहरी चौकीहरु चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ प्रहरी पुग्यो।

मकवानपुरगढी, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाको सीमामा रहेको बतासेडाँडाको खोंचमा स्थानीयले बुधबार विहान धूवाँको फरक ढंगको मुस्लो देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेका थिए। बिहान करिब १० बजे आगोको मुस्लो देखिएको थियो।

प्रहरी र स्थानीय उक्त स्थान पुग्दा पो थाहा भयो कि त्यहाँ डँढेलो लागेको रहेछ। उक्त स्थानमा पुगेको प्रहरीले यसको पुष्टि गरेपछि प्रहरी उपरीक्षक सिंहले भन्नुभयो– ‘बिहानदेखि तीन घण्टा प्रहरी र स्थानीयले निकै मेहनत गर्नुपर्यो। उक्त स्थान मकवानपुरगढी गाउँपालिका–७ को बतासेडाँडा हो।’

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);