राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई निर्वाचन चिह्न प्रदान | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई निर्वाचन चिह्न प्रदान

nirbachan ayog-upanirbachan

काठमाडौं, ९ पुस । निर्वाचन अयोगले माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिने विभिन्न ११ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई क्रम निर्धारण गरी चिह्न प्रदान गरेको हो ।

आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सूर्य, नेपाली कांग्रेसलाई रूख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न प्रदान गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई हलो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल मजदुर किसान पार्टीलाई मादल, नेपाल संघीय समाजवादी पार्टीलाई बस, नेपाली जनता दललाई गोरुगाढाका चक्का, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्याक्टर चिह्न प्रदान गरेको हो।

आयोगले राष्ट्रियसभाको निर्वाचन हुने सातवटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले न्याय परिषद्को सिफारिसमा ७ जनालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । दुई न्यायाधीशलाई भने आयोगले जगेडा निर्वाचन अधिकृतको रूपमा राखेको छ।

आगामी माघ २० गतेदेखि राष्ट्रियसभाका एकतिहाइ सदस्यको दुई वर्षे कार्यकाल समाप्त हुने भएपछि सो पदका लागि निर्वाचन हुँदैछ ।