काठमाडौं, ९ पुस । महाभूकम्प २०७२ बाट ढलेको ऐतिहासिक सम्पदा नौ तले धराहरा पुननिर्माण तीव्र गतिमा भइरहेको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी धराहरा पुनर्निर्माण भइरहेको हो ।
रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले भौतिक रूपमा ३३ प्रतिशत र वित्तीय रूपमा २२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार सबै भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको छ ।
धराहरा पुनर्निर्माणअन्तर्गत जमिनमुनिको दुई वटा बेस र माथिको तीन तलाको काम सकिएको छ । अहिले चौथो तलाको काम जारी छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले मंगलबार धरहरा पुनर्निर्माण अनुगमन गरेपछि पछिल्लो प्रगतिबारे पनि जानकारी लिएका छन् ।
प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजनाअनुसार नै काम भइराखेको जानकारी ज्ञवालीले गराए । उनका अनुसार एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।