सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित भएन | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित भएन

काठमाडौं, ८ पुस । प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि आफुहरुले राखेको संशोधनलाई बेवास्ता गरिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो ।

सांसद बहादुरसिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफुहरुले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको भन्दै असहमति जनाउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने व्यवस्था भएको दफा ९१ देखि ९४ सम्मका विषय हटाउनुपर्ने र विधेयकको दुरुपयोग गर्न नहुने सम्बन्धी व्यवस्था भएको दफा ८८ अपुग भएकोले हटाइनुपर्ने बताउनुभयो ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने तथा हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखिएको छ । यस्तो विषयमा संशोधन हुन नसके आफुहरु नोट अफ डिसेन्ट लेख्न बाध्य हुने उहाँले बताउनुभयो ।

समितिका सभापति कल्याणी कुमारी खड्काले चार महिना सम्म समितिमा अड्किएर बसेको र ३६ बुँदामा संशोधन भएकोले सहमति जानाउन आग्रह गर्नुभयो । उहाँले फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरु पनि नदिने र अडान लिइरहने प्रवृति देखिएकोले सहमतिमा आउन आग्रह गर्नुभयो ।

बैठक केही समय स्थागित गरी सहमति जुटाउन प्रयास गरिएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नमानेपछि आगामी आइतबार छलफल गर्ने गरी स्थिगित भएको छ । तर समितिको बैठक खानेपानी सम्बन्धी विधेयकमाथिको छलफलका लागि बुधबार बिहान ११ बजे भने बस्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);