काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले सरकार छाड्ने निर्णय गरेको हो ।
सरकारमा सहभागी हुने सम्बन्धमा संविधान संशोधन लगायत विषयमा आफूहरुसँग भएको २ बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छाड्ने निर्णय भएको समाजवादी पार्टीका नेताको भनाइ छ ।