उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

smart-city

काठमाडौं, ८ पुस । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिनुभयो ।

सिंहदरबारभन्दा ठूला ताल बन्ने
प्राधिकरण प्रमुख तिवारीले भन्नुभयो, “सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’मा सातवटा पोखरी निर्माण गरिने छ, जसमध्ये दुईवटालाई तालका रूपमा विकास गरिने छ । ती तालको क्षेत्रफल सिंहदरबारभन्दा ठूलो हुनेछ । प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको ‘प्लानिङ’ गरिने छ ।”

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);