मिनी पानीजहाजको सफल परीक्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

मिनी पानीजहाजको सफल परीक्षण

mini panijahaj

चितवन, ८ पुस । चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो ।

निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भन्नुभयो, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।

निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिनुभयो । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भन्नुभयो, हामी सफल भएका छौ , अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ ।

तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्याङ्की, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिनुभयो । दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौँ, उहाँले भन्नुभयो, सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);