वर्तमान सरकारले भ्रष्टाचारमा किर्तिमान कायम गरेको कांग्रेस सांसद पाण्डेको आरोप | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

वर्तमान सरकारले भ्रष्टाचारमा किर्तिमान कायम गरेको कांग्रेस सांसद पाण्डेको आरोप

काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभएको हो ।

उहाँले सिमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्दैछन् । यो समस्या कसरी समाधान हुन्छ ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन । यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ? सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारत संग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।”

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दै सिमा माथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोख्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा किर्तिमान कायम गरेको दाबी पनि गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);