यी हुन् लागूऔषध उत्पादन गर्ने देश, ट्रम्पले गरे सूचीसहित सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

वासिंगटन, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा नशालु पदार्थको उत्पादन या तस्करी गर्ने देशको सूची सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सो सूचीमा भारतसहित २१ देश रहेका छन्।

लागूऔषधको उत्पादन तथा तस्करी गर्ने देशको सूचीमा दक्षिण एसियाका भारतसहित पाकिस्तान र अफगानिस्तान सामेल छन् । यसैगरी अर्को एसियाली देश म्यानमार समेत सो सूचीमा रहेको छ ।

ट्रम्पले जारी गरेको सो सूचीमा बहामा, बेलिज, बोलिभिया, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इकवेडर, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भियतनाम समेत रहेका छन् ।

ट्रम्पले भनेका छन्, ‘यो सूचीमा सामेल कुनै पनि देशका सरकारले नशालु पदार्थविरोधी प्रयास र अमेरिकालाई सहयोग नगरेको भन्ने अर्थ राख्दैन ।’ उनले यो सूचीमा सामेल रहेका कुनै पनि देशलाई राख्नुको मुख्य कारण भौगोलिक, वाणिज्यिक र आर्थिक कारण रहेको र सोही कारण तस्करी र उत्पादन हुने गरेको उल्लेख गरेका छन्। आजको राजधानी दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);