नागरिकता सम्बन्धी कानूनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

नागरिकता सम्बन्धी कानूनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु

bharawt andolan

एजेन्सी, ३० मंसिर । भारतमा विवादास्पद नागरिकता सम्बन्धी कानूनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु, कतिपक्ष क्षेत्रमा इन्टरनेट सेवा बन्द समेत  भएकाे छ ।

कानून पारित भएदेखि नै निरन्तर आन्दोलनमा उत्रिएका आन्दोलनकारी र सुरक्षा निकायबीच भएकाे झडपमा उनीहरुको मृत्यु भएको हो । विशेष गरी भारतका पूर्वोत्तर राज्यहरु आसाम, मिजोरम, नागाल्याण्ड लगायतमा विशेषाधिकारसहित नागरिकताको व्यवस्था भएकाले ती क्षेत्रमा आन्दोलन चर्किएको छ भने राजधानी नयाँ दिल्लीमा समेत आन्दोलनले वृहत रुप लिन थालेको छ ।

आन्दोलनलाई ध्यानमा राखेर सुरक्षा निकायहरुले कतिपक्ष क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिदिएका छन् भने कतिपय क्षेत्रमा कर्फ्यू लगाएका छन् । उक्त विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोबास गर्ने हिन्दु, ईसाइ, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ ।

भारतको नागरिकता दिन योग्य ठहरिएमा ६ बर्ष भित्र त्यस्ता व्यक्तिलाई दिन सकिने व्यवस्था उक्त विधेयकमा गरिएको छ । भारतीय गृहमन्त्री अमित शाहले भारत स्वतन्त्र हुँदा नै धर्मको आधारमा हिन्दुस्तान विभाजित भएकाले उक्त विधेयक ल्याउन जरुरी रहेको बताएका छन् । तर विपक्षीहरुले उक्त विधेयकलाई संविधान विरोधी विधेयक भन्दै विरोध गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);