एजेन्सी, २९ मंसिर । इंग्लिस प्रिमियर लिगमा चेल्सी बर्नमाउथसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले पाएका मौकाको सदुपयोग गर्न नसक्दा बर्नमाउथसँग पराजित हुन पुगेको हो ।
खेलको ८३ औं मिनेटमा बर्नमाउथले गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । तर त्यसको दुई मिनेटपछि चेल्सी विरुद्ध बर्नमाउथका डान गोस्लिङले गोल गर्न सफल भए । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र यो सिजनमा पाँचौ हार ब्यहोर्न पुग्यो ।
यो हारले चेल्सीलाइ तेस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमेको छ । सिटीको १६ खेलमा ३२ अंक छ । चेल्सीको १७ खेलमा २९ अंक छ ।