भ्रष्टाचारका विविध रूप : ७ जनाविरुद्ध ६ करोड १४ लाख दाबीसहित मुद्दा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

भ्रष्टाचारका विविध रूप : ७ जनाविरुद्ध ६ करोड १४ लाख दाबीसहित मुद्दा

bhrastachar

काठमाडौं, २८ मंसिर । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो ।

गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै यस्ता कार्यमा संलग्न भएको भेटिएपछि राजस्व छलीका अनेक रूप सतहमा आएको हो ।

यस्ता विभिन्न गतिविधिबाट राजस्व छली एवं राजस्व चुहावट गरेको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिहरूविरुद्ध हालसम्म अबौं रूपैयाँको बिगो दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्स बटम बनाएर भन्सार छल्ने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गरी राजस्व छल्ने प्रवृत्ति अत्यधिक रहेको बताए ।

यसका साथै, चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट बिनाघोषणा रेफ्रिजेरेटर कन्टेनरसहित टनका टन तयारी मासुसमेत काठमाडौं ल्याएर राजस्व छल्ने क्रमसमेत अत्यधिक बढेको महानिर्देशक मैनालीको भनाइ छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);