काजकिरियामा कलिला अनुहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

काजकिरियामा कलिला अनुहार

kalila kriya putri

गुल्मी, २८ मंसिर । आमा र बहिनी गुमाएको भयानक पीडा । तर, काजकिरिया उम्काउनुपर्ने जिम्मेवारी त्यही कलिलो काँधमा । इस्मा गाउँपालिका–४ पैयाँपाटास्थित घरमा १६ वर्षीया ईशा कार्की बिहीबारदेखि आमाको किरियामा छिन् । १७ मंसिरमा बाग्लुङको बडिगाडमा भएको जिप दुर्घटनामा उनले ४२ वर्षीया आमा सीता र दुई वर्षकी बहिनी अनुष्कालाई गुमाएकी थिइन् ।

बुबा प्रेम मजदुरीका लागि भारतमा थिए । दुर्घटनाको खबर सोही दिन थाहा पाए । श्रीमती र छोरी गुमाएका कार्की विक्षिप्त अवस्थामै बुधबार साँझ घर आएका छन् । अब उनी काजकिरिया सकेर मजदुरीमा फर्किने कि बस्ने अन्योलमा छन् । ‘घर धानेकी श्रीमतीको निधन भयो, घरमा साना छोरीहरू मात्रै छाडेर फर्किन सक्ने अवस्था छैन, मजदुरी नगरे यिनलाई कसरी पाल्ने ?’ उनले भने ।

बाग्लुङ दुर्घटनामा पैयाँपाटाकै महेन्द्र कार्कीको पनि ज्यान गएको थियो । छोराहरू १७ वर्षीय मेघराज र १३ वर्षीय प्रेमले पनि बिहीबारबाट बुबाको किरिया थालेका छन् ।

पैयाँपाटाकै १३ वर्षीया सुनिल बस्नेत पनि आमा मिनाको काजकिरियामा छन् । बुबा चन्द्रदीप परदेशमा छन् । घरमा साथमा नौ वर्षीया बहिनी रबिना पनि छिन् । तर, आमा गुमाएको पीडामा बहिनीलाई सम्हाल्दै काजकिरिया गर्नुपर्ने जिम्मेवारी १३ वर्षीय बालकको काँधमा छ । ‘सानो मान्छे आमाको शोकले आफै पीडामा छ, त्यसैमाथी काज किरिया र चिसोले थला पर्ने भो,’ हजुरबुवा लालबहादुरले भने,‘ जस्तो पनि भोग्नु पर्ने रहेछ ।‘

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);