मधेशको चासो सम्बोधन नभए मुलुक अस्थिरतामा फस्छ : पशुपति शमशेर | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

मधेशको चासो सम्बोधन नभए मुलुक अस्थिरतामा फस्छ : पशुपति शमशेर

काठमाडौ, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले तत्काल मधेशको चासो सम्बोधन नभए मुलुक अस्थिरतामा फस्ने बताएका छन् ।

पार्टीका अध्यक्ष राणाले मधेशको चासो सम्बोधन नभएसम्म मुलुकलाई स्थिर बनाउन नसकिने उनको तर्क छ । विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मधेशको चासो सम्बोधन गर्न पहल नगरेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई नयाँ पार्टी गठन गर्नु परेको धारणा राखे ।

अध्यक्ष राणाले आसन्न सबै तहको निर्वाचनमा वृहत प्रजातान्त्रिक शक्तिहरुबीच गठबन्धन गरेर जाने प्रस्ताव पनि अघि सारे । उनले प्रजातान्त्रिक शक्तिहरुबीचको एकता नभए मुलुकमा स्थायित्व कायम नहुने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);