काठमाडौं, २० मंसिर । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार राजधानीमा शुरुभएको फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनमा राज्यमन्त्री मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताउनुभएको हो । फोहर मैलाको उचित व्यवस्थापनका लागि प्रविधि भित्र्याउँदा कसैलाई घाटा नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक एवं पूर्व मन्त्री गणेश शाहले देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उल्लेख गर्नभयो । उहाँले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताउनुभयो ।