वीरगञ्जको सरिस्वा नदी संकटमा पर्दै, बचाउन स्थानीयको अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

वीरगञ्जको सरिस्वा नदी संकटमा पर्दै, बचाउन स्थानीयको अभियान सुरु

sariswa nadi birgunj

नितेश कर्ण, राजेन्द्र सिंह

वीरगञ्ज, २० मंसिर । कुनै बेला वीरगञ्जका स्थानीयको लाइफलाइन अर्थात जीवन रेखाको परिचय पाएको सरिस्वा नदी अहिले संकटमा पर्दै गएको छ । उद्योगहरुबाट निस्किएको केमिकलयुक्त पानी सिधै नदीमा मिसाउनाले नदी प्रदुुषण हुँदै संकटमा परेको हो । प्रदूषणले नदीको अस्तित्व नै संकटमा परेपछि प्रदुुषणलाई रोक्न अहिले भने स्थानीय नदी सफाई अभियानमा लागेका छन् ।

वीरगञ्जको सरिस्वा नदी यस क्षेत्रका स्थानीयका लागि जीवन रेखा अर्थात लाईफ लाईनको रुपमा कुनै बेला परिचित रहेको थियो । यो नदीको पानी सिचाईका लागि मात्र होइन खाना पकाउन र पिउनमा समेत प्रयोग भएको हुुन्थ्यो । तर यस क्षेत्रमा रहेका छाला, सिमेन्ट, सावुन लगायतका उद्योगहरुले छाडेका, जिवका अवशेष, रौ र केमिकलयुक्त विषादी फोहर पानी सिधै नदीमा मिसाउनाले नदि दिन प्रतिदिन प्रदुषणको चपेटामा परेको छ ।

नदि सफाईका लागि विभिन्न अभियान संचालन भएता पनि उपलव्धी हासिल नभएको यसमा संलग्न अभियन्ताहरुको भनाई छ । नदि वीरगञ्जको धरोहर मात्र नभएर धार्मीक आस्थासंग समेत जोडिएकाले कुनै पनि हालतमा नदिको पानी सफाई गराएरै छाड्ने स्थानीयहरु बताउँछन् ।

सरिस्वा नदि बचाउ अभियानका संयोजक तथा अधिवक्ता सुरेन्द्र कुर्मी जनताले चाहेको खण्डमा नदि सफा हुन सक्ने बताउनु हुन्छ । ‘स्वच्छ नदी, पवित्र जल, स्वस्थ जिवन, समृद्ध वीरगंज’ भन्ने मुल नाराका साथ अभियानमा रहेका अभियन्ता महानगरको बैमानी, प्रदेश सरकारको वेवास्ता तथा लापरवाहिका कारण नदि फोहोर भएको नदी सफाइ अभियन्ताको आरोप छ ।

ठुुला चाड पर्वको बेला कलकारखाना बन्द हुँदा वीरगञ्जको विभिन्न वडा हुँदै बग्ने नदी निकै सफा भएको थियो । छठपर्वको अवसरमा गरिएको सरसफाईले सरिस्वा नदीको पानी सफा भएको थियो तर चाडपर्ब सकिएसंगै अहिले फेरी सो नदिको पानी कालो र दुर्गन्धित भएको छ । यता वीरगञ्ज महानगरपालिका भने नदिलाई प्रदुषण गर्ने जुन सुकै उद्योगलाई कार्यवाहि गर्ने बताउँछ ।

स्थानीय सरकारले गर्नु पर्ने कार्यमा जनताले सहकार्य गर्दा समेत सम्बन्धित निकायले अझै तदारुकता देखाएको छैन । कारबाही गर्ने स्थानीय निकायले आँखा चिम्लिंदा सर्वसाधारणमा आक्रोश बढेको छ भने उद्योग सञ्चालकहरुमा हेपाहा प्रवृत्ति बढदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);