प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

prachanda

काठमाडौं, १८ मंसिर । नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्। दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’

२०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गरिरहेका थिएनन्। पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो।

दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–दाहालबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने गरी मंसिर ४ मा ओली–दाहालको कार्य विभाजन भएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);