भक्तपुर, १७ मंसिर । भक्तपुरको क्षेत्र नम्वर १ ‘क’ को उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएपछि मगंलबार पनि विजय र्याली निकालिएको छ ।
भक्तपुरमा भएको विजय र्यालीलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यमा विजयी भडेलले सधै जनताको सेवामा समर्पित हुने बताउनु भयो । स्थानीय तहमा भएको अनियमिततालाई नियन्त्रण गर्दै जनचाहना अनुसारको विकास निर्माण तथा आवश्यक प्रदेश कानुन निमार्णमा लाग्ने उहाँको भनाई छ ।
शनिवार सम्पन्न उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ मा कांग्रेसले जितेको हो । भडेलले नेकपा उम्मेदवार देवीप्रसाद ढकाल हराउनु भएको हो ।