चुनावको मुखैमा १० अर्ब बाँडिदै, सांसदको पदावधि जम्मा ३८ दिन बाँकी | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौँ, २९ भदौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ। तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ।

मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रतक्ष्य प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१ सांसदले निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनुअघि नै सबै निर्वाचन क्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ।

संभीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम तत्कालै सञ्चालनमा ल्याउने गरी जिल्ला प्राविधिक कार्यालयलाई पत्राचार गरेपछि सरकारको तयारी सार्वजनिक भएको हो। उक्त दुइटै कार्यक्रमको बजेट १० अर्ब २० करोड ५० लाख रुपैयाँ रहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।