पोखरा, १२ मंसिर । मंसिर १५ बाट हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा रंगशालामा तयारी अन्तिम चरणमा पुगेको छ । सागका खेल शुरु हुन केही दिन मात्र बाँकी रहँदा पोखरा रंगशालालाई सजाउने कामले तिब्रता पाएको हो ।
१३ औं दक्षिण एसियाली खेल शुरु हुन केही दिन मात्र बाँकी हुँदा पोखरा रंगशालामा भौतिक पुर्वाधारको तयारीले तिब्रता पाएको छ । पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम अन्तिम चरणमा पुगेको छ । रंगशालाको मुख्य प्रवेशद्वारदेखि नै सजावटको काम अघि बढि रहेको छ ।
मंसिर १७ गतेदेखि पोखरा रंगशालामा खेल हुने भएपनि १५ गते हुने उद्घाटनका लागि नै रंगशाला तयार हुने रंगशालाका प्रोजेक्ट इन्चार्ज दिपक बरालले बताउनु भयो ।
पोखरामा हुने खेलहरु मध्ये महिला फुटवलको प्रतियोगिता मुख्य आकर्षण बनेको छ । त्यसका लागि खेल मैदानमा तयारीका अन्तिम कार्यहरु भईरहेको गण्डकी एन्फाका अध्यक्ष धर्म सिंह लामिछानेले जानकारी दिनुभयो ।
मंसिर १५ गतेदेखि २५ गतेसम्म हुने साग खेलकुद पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ । पोखरामा ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्याण्डबल, महिला क्रिकेट, महिला फुटबल र भारत्तोलन गरि ९, खेल हुनेछन् भने जनकपुरमा १ र बाँकी खेलहरु काठमाडौंमा हुने सागले जनाएको छ ।