देशका ६ वटा शहरमा 'एनसेल मेला २०७६' आयोजना गर्ने एनसेलकोे घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

देशका ६ वटा शहरमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने एनसेलकोे घोषणा

Ncell-logo

काठमाडौं, १२ मंसिर । नीजि क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ । इटहरी, विर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा मेला आयोजना गरिने एनसेलले घोषणा गरेको हो ।

एनसेलले आफ्नो एनसेल मेलाबाट नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि राखेको छ । आफ्नो ब्राण्डको सार “आज, भोलि, सधैँसगैँ ”को अनुरुप एनसेलले यो मेला आयोजना गर्न लागेको हो ।

मेला मंसिर २८ गते इटहरी, मंसिर ३० गते विर्तामोड, पुष ३ गते जनकपुर, पुष ५ गते वीरगंज, पुष ९ गते धनगढी र पुष १२ गते बुटवलमा आयोजना हुनेछ । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरु मेलाको मुख्य आकर्षण हुने एनसेलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);