काठमाडौं, १२ मंसिर । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो ।
बुधबार भएको पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाइनल नजिक पुगेको नेपाली महिला टिम भारतलाई पराजित गर्दै स्वर्ण जित्ने दाउमा रहने छ । यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए । आजको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।