काठमाडौं–केरूङ रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन अगाडि बढाइने सहमति | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

काठमाडौं–केरूङ रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन अगाडि बढाइने सहमति

kathmandu-kerung

काठमाडौं, ११ मंसिर । नेपालले निकै महत्त्व दिएको काठमाडौं–केरूङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अगाडि बढाइने भएको छ । काठमाडौंमा मंगलवार भएको नेपाली र चिनियाँ अधिकारीबीचको बैठकमा सो सहमति भएको हो ।

असोजको अन्तिम साता नेपालको राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङले सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन गरिने बताएका थिए । साथै दुवै देशबीच त्यसका लागि समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो । त्यसकै कार्यान्वयनका लागि २१ सदस्यीय चिनियाँ टोली सोमवार काठमाडौं आएको हो ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा मन्त्रालयका अधिकारी तथा चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनको पाँचौं बैठकमा दुवै मुलुकले गर्नुपर्ने जिम्मेवारी बाँडफाँटबारे सहमति गरेको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार, चिनियाँ पक्षले आफ्नै खर्चमा एरियल म्यापिङ, भौगर्भिक अध्ययनको काम गर्नेछ भने नेपाली पक्षले वातावरणीय प्रभाव मूल्यांकन तथा चिनियाँ टोलीलाई सुरक्षा लगायतको सहयोग गर्नेछ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार चिनियाँ अनुदानमा सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । यसमा फिल्डका सम्पूर्ण अध्ययन गरिने उनले बताए । संसारका जटिलमध्येको एक भएकाले यो रेलमार्गमा धेरै अध्ययन गर्नुपर्ने चिनियाँ पक्षको बुझाइ छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।