काठमाडौं, १० मंसिर । नीजि क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो नयाँ रिचार्जमा चमत्कार योजना सार्वजनिक गरेको छ ।
यो योजना अनुसार प्रत्येक हप्ता ५ भाग्यशालाी ग्राहकले जनही २ लाख रुपैयाँ जित्ने छन् भने हरेक महिना १ जना ग्राहकले १० लाख नगद पुरस्कार पाउने छन् ।
योजना सार्वजनिक गर्दै एनसेलले ५ भाग्यशाली कोडहरु पनि घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्वर बाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुस्कार जितेका छन् ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १ सय रुपैयाँ वा त्यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन् ।