हिमाल आरोहणमा लिइने धरौटी रकम छुट गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

हिमाल आरोहणमा लिइने धरौटी रकम छुट गर्ने सरकारको तयारी

SAGARMATHA

काठमाडौं, ९ मंसिर । सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा छुट गर्ने तयारी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताउनु भएको हो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार राजधानीमा बसेको बैठकमा उहाँले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रीपरिषद बैठकबाट पारित गराउने मन्त्री भट्टराईले प्रतिवद्धता जनाउनु भयो । मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);