१३ औं सागको तयारी तीब्र, दशरथ रंगशाला निमार्ण कार्य अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

१३ औं सागको तयारी तीब्र, दशरथ रंगशाला निमार्ण कार्य अन्तिम चरणमा

SAG

रामनिवास यादव

काठमाडौं, ४ मंसिर । आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागको तयारी अहिले तीब्र रुपमा भइरहेको छ । काठमाडौँ, पोखरा र जनकपुरमा हुने सागको प्रमुख खेल स्थलको रुपमा रहेको दशरथ रंगशाला अबको ६ दिनमा तयार हुने राष्ट्रिय खेलकुद परिषद राखेपको दावी छ ।

१३ औं साग खेलकुद सुरुहुन हुन अब दुई हप्ता मात्र बाँकी छ । मिति नजिकिएसँगै २७ वटा बिधामा हुने सागको तयारीले पनि तीब्रता लिएको छ । दक्षिण एशियाको सबैभन्दा ठुलो खेल उत्सव सागमा सार्क राष्ट्रका खेलाडीहरुको सहभागिता हुने छ । खेलाडीका लागि १ सय वटा होटेलमा पनि बुकिङ भईसकेको राखेपले जनाएको छ । सागका लागि भौतिक पुर्वाधारमा आउदो सातासम्ममा तयार हुने गरी काम भईरहेको छ । सागलाई सफलता पूर्वक सम्पन्न गर्न पुर्वाधार निर्माणदेखि छनोट प्रक्रिया लगभग अन्तिम चरणमा रहेकोे छ । अहिले दशरथ रंगशालाको निमार्णमा बिहान र रातीको सिफटमा काम गरिरहेको कामदार लालबाबु साह लहेरा बताउनुहुन्छ ।

दशरथ रंगशाला तयारीको सबैकाम पाँच छ दिनभित्र सकिने राष्ट्रिय खेलकुद परिषद, राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको दावी छ । २०७२ सालको भूकम्पले क्षति पुगेपछि त्यस यता दशरथ रंगशालामा कुनै पनि खेलकुदका कार्यक्रम हुन सकेको छैन ।

यसैकारण विश्वकप फुटबलको छनोट चरणमा नेपाल र कुबेत बीचकोे खेल दशरथ रंगशालामा हुन नसकेपछि भुटानमा भएको थियो । अहिले निमार्ण भएको दशरथ रंगशालाको सिट क्षमता भने पहिलाको भन्दा कम भएपनि अहिले अन्र्तराष्ट्रिय स्तरको सिट राखिएको इन्जिनीयर अमर साहको भनाई छ ।

दशरथ रंगशालाको हालको क्षमता १३ हजार दुई सय ९१ रहेको छ । जसमा साधारण प्याराफिटमा १२ हजार सात सय १२ , संचारमाध्यमहरुका लागि एक सय बीस र भिआईपि का लागि दुई हजार ९ सय साठी सिटको व्यवस्था गरिएको छ । दक्षिण एशियाको सबैभन्दा ठुलो खेल उत्सव साग नेपालले तेस्रो पटक आयोजना गर्न लागेको छ । यसलाई ऐतिहासिक बनाउन परिषद र खेल पदाधिकारी थप सजग हुनुपर्ने आवश्यकता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);