रौतहटमै बस्न चाहन्थे आलम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रौतहटमै बस्न चाहन्थे आलम

alam jail chalan

काठमाडौं, १ मंसिर । आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ  । आलम (झर्किंदै) :म अन्त जान्नँ ।

प्रहरीःतपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ ।
आलमःकुन कारागार लाने कुरा छ रु डिल्लीबजार कि अन्तै  ?
प्रहरीःडिल्लीबजार होइन, नख्खु ।
आलमःनिकै टाढा छ कि क्या हो ?
प्रहरीःछैन, नजिकै छ ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो । त्यस क्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन् ।

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो । टोली ७ घण्टापछि शनिबार बिहान ४ बजे ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो । प्रक्रिया पुर्‍याई आलमलाई कारागारको जिम्मा लगाएर प्रहरी टोली फिर्ता भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);