रोहिंग्या समुदायमाथि भएको दमनको मुद्धामा आइसीसीले अनुसन्धान गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

रोहिंग्या समुदायमाथि भएको दमनको मुद्धामा आइसीसीले अनुसन्धान गर्ने

icc-rohingya muslim

एजेन्सी, २९ कात्तिक । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले म्यानमारमा रहेका रोहिंग्या समुदायमाथि गरिएको दमनको बारेमा अनुसन्धान गर्ने भएको छ ।

आइसीसीले रोहिंग्या समुदायमाथिको दमन र मानवताविरूद्धको अपराधको अनुसन्धान गरिनुपर्ने प्रस्तावलाई स्वीकृत गरेपछि अनुसन्धान अघि बढ्ने भएको हो । यस्का लागि अदालतले समेत आइसीसीको क्षेत्राधिकारभित्र रहेर म्यानमारमाथि लागेको आरोपबारे छानबिन गर्न अभियोजनकर्तालाई अधिकार दिएको छ ।

म्यानमार आइसीसीको सदस्य राष्ट्र नभए पनि रोहिंग्या शरण लिइरहेको देश बंगलादेश आईसीसी सदस्य राष्ट्र भएकाले रोहिंग्याबारे अनुसन्धान गर्न लागेको जनाएको छ । अनुसन्धान मूलतः राज्यद्वारा गरिएको संरचनात्मक हिंसा, देश निकाला र रोहिंग्याविरूद्धको जातीय र धार्मिक भेदभावका विषयमा केन्द्रित रहने जनाइएको छ ।

म्यानमारमा जातीय नरसंहार भएको भन्दै गत साता ५७ वटा इस्लामिक देशको तर्फबाट अफ्रिकी मुलुक गाम्बियाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालेको थियो ।

सन् २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि दमन गर्दा कयौंको ज्यान गएको थियो भने लाखौं बंगलादेशमा शरण लिइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);