एनसेलद्धारा खुद्रा विक्रेता पुरस्कृत, सुनदेखि बाइकसम्म पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

एनसेलद्धारा खुद्रा विक्रेता पुरस्कृत, सुनदेखि बाइकसम्म पुरस्कार

Ncell-logo

काठमाडौं, २६ कात्तिक । नीजि क्षेत्रको दुर सञ्चार प्रदायक कम्पनी एनसेलले काठमाडौँ र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (खुद्रा विक्रेता)लाई पुरस्कार हस्तान्तरण गरेको छ । एनसेलले हाल संचालनमा रहेको आफ्नो एनसेल सुपर सेलर योजना अन्तर्गत काठमाडौँ र ललितपुरका खुद्रा विक्रेताललाई पुरस्कृत गरेको हो ।

खुद्राविक्रेताहरुले एक कार्यक्रम माझ सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । त्यसैगरी ७ खुद्रा विक्रेताहरुले २४ क्यारेटको १–१ तोला सुन पुरस्कार पनि पाएका छन् । एनसेलले आफ्ना देशभरी रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी एनसेल सुपर सेलर योजना गत २०७५ चैत्त देखि लागु भई २०७६ पुष मसान्तसम्म जारी रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);