एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने वायु सेवा निगमको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने वायु सेवा निगमको दाबी

RNAC-Office

काठमाडौं, २० कात्तिक । नेपाल वायु सेवा निगमले एक वर्ष भित्र २ अर्व भन्दा बढि रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिनु भएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिंड्न नपर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले विगत ४ महिनायता निगमले करिव ६० करोड बचत गर्न सफल भएको दावी पनि गर्नु भयो ।

निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दावी पनि गरेको छ । निगमले आगामी मार्चसम्म साउदी अरवको रियाद, चीनको ग्वाङझाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ ।

निगमले विमान लिजमा लिने योजना पनि अघि सारेको छ । जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अव विमान लिजमा लिएर चलाउने योजना तय गर्नु परेको पनि स्पष्ट पार्नु भयो । निगमले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पु-याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);