मेक्सिकोमा ड्रग माफियाको हमलामा परि ६ जना बालबालिकासहित ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

मेक्सिकोमा ड्रग माफियाको हमलामा परि ६ जना बालबालिकासहित ९ जनाको मृत्यु

mexico ma mritu

एजेन्सी, २० कात्तिक । उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको हमलामा परि ९ जनाको मृत्यु भएको छ । अमेरिकाको सिमाना नजिकै पर्ने चिहुआहुआ र सोनोरो राज्यको बीचमा भएको आक्रमणमा ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ६ बालबालिका र ३ जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको बताइएको छ । मारिएकाहरु दशकौंअघि देखि मेक्सिकोमा बसोबास गर्दै आएका मोरमोन समुदायका रहेको र आक्रमणकारीको गलत निशानामा उनीहरु मारिएको सुरक्षा अधिकारीहरुको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् ।