एएफसी यू–१९ क्वालिफायरका लागि नेपाली टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

एएफसी यू–१९ क्वालिफायरका लागि नेपाली टिमको घोषणा

u-19 football team

काठमाडौं, १६ कात्तिक । एएफसी यू १९ फुटबल क्वालिफायरका लागि नेपाली टिमको घोषणा गरिएको छ । नोभेम्बर ६ तारिखदेखि इरानमा शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपालको समूहमा घरेलु टोली इरानसहित किर्गिस्तान र यूएई पनि रहेका छन् ।

२३ सदस्यीय नेपाली टिमको गोल किपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । यसैगरी डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगश गुरुङ र निराजन महर्जन रहेका छन् ।

टिमको मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन रहेका छन् भने फरवार्डमा मनिस डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा र दीपेश आले मगर रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);