हाइटीमा जारी आन्दोलनमा मृत्यु हुनेको संख्या ४२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

हाइटीमा जारी आन्दोलनमा मृत्यु हुनेको संख्या ४२ पुग्यो

haiti violence

एजेन्सी, १६ कात्तिक । हाइटीमा जारी आन्दोलनका ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले जानकारी दिएका छन् ।

हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण देशका गहिरो संकटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);