छठ पर्व आजदेखि शुरू | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

छठ पर्व आजदेखि शुरू

chhat-parwa

काठमाडौं, १४ कात्तिक । सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत कार्तिक शुक्ल चतुदर्शीमा पहिलो दिन कार्तिक शुक्ल चतुदर्शी बिहीबार अरबा–अरबाइन गरिन्छ,जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ ।

छठ पर्व अन्तर्गत दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि हुन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

मानव सभ्यताको विकास नदी किनारबाट भएको र यसको जगेर्ना गर्ने मानिएको सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ । व्रत बस्नेले छठको पहिलो दिन देखि नै माछामासु, लसुन, प्याज, कोदो,मसुर नखाएर बस्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);