दिदीबहिनीले दाजुभाइको दीर्घायु र सु:ख शान्तिको कामना गरी आज भाइटीका मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

दिदीबहिनीले दाजुभाइको दीर्घायु र सु:ख शान्तिको कामना गरी आज भाइटीका मनाइँदै

काठमाडाैं, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठुलोचाड तिहार अन्तर्गत मंगलबार भाइटीका मनाइँदै छ । कार्तिक शुक्ल द्वितीया अर्थात् आजको दिन भाइटीका दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

देशैभर आज दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरंगी टीका र कहिल्यै नओइलाउने मखमली फूलको माला लगाउने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको साइत आज बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको उत्तम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);