विराटनगर, ८ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुकहरुसंग नयाँ सम्बन्ध विकसित भएकाले अव नेपालले विकास निर्माणमा फड्को मार्ने बताउनु भएको छ ।
शुक्रबार विराटनगरमा नेकपा मोरङद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले मित्र राष्ट्रहरुसंगको सम्बन्ध नयाँ उचाई पुगेको बताउनु भयो ।
उहाँले चीनको समबन्धले नेपाल अब अझ विकसित हुँदै जाने भन्दै नेपाल स्वतन्त्र र सार्वभौम सत्ता आत्मनिर्भर मुलुकको रुपमा परिणत हुने बताउनु भयो । उहाँले चीनसंगको सहकार्यले नेपाल अब संसारभर नै व्यापार गर्न सक्ने मुलुक समेत बनेको बताउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको कम्युनिष्ट कुनै व्यक्ति विशेष वा नेता विशेषको लागि नभई जनताको लागि भएको प्रष्ट पार्नुभयो ।