ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिनमा रिपब्लिकन सांसदको अवरोध | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिनमा रिपब्लिकन सांसदको अवरोध

trump abarodh

एजेन्सी, ८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको संसदीय समितिको काममा सत्तापक्षका रिपब्लिकन सांसदहरूले अवरोध पुर्याएका छन् । डेमोक्य्राट्स सांसदहरूले नेतृत्व गरिरहेको उक्त छानबिनको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञले बयान दिन लाग्दा रिपब्लिकन सांसदहरूले बाधा पुर्याएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रक्षा मन्त्रालयकी अधिकारी लौरा कूपर उक्त समितिमा बयान दिन गएकी थिइन् । त्यही बेला रिपब्लिकन सांसदहरूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै अबरोध गरेका थिए । विपक्षी डेमोक्य्राटिक पार्टीका सांसदहरूले रिपब्लिकन पक्षले राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन् ।

पाँच घण्टाको अबरोधपछिमात्र समितिले ट्रम्पलाई लागेका आरोपमा साक्षीका रूपमा बोलाइएकी कूपरको बयान लिन सक्यो । यसअघि राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए । डेमोक्य्राटिक दलका सांसद टेड ल्यूले पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा ट्रम्पले युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेर दवाव दिएको सम्बन्धमा कूपरसँगको बयानले थुप्रै प्रमाणको खुलासा गर्नसक्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);