नेपालमा पनि 'युएन डे' मनाईयो | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

नेपालमा पनि ‘युएन डे’ मनाईयो

काठमाडौं, ७ कात्तिक । संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिँदै काठमाडौंमा पनि संघीय राष्ट्र संघ दिवस (यूएन डे) मनाएका छन् ।

यूएन डेको अवसर पारेर बिहीबार काठमाडाैंको राष्ट्रियसभा गृहमा नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरुले विभिन्न स्टलहरुको प्रदर्शनी गर्दै वातावरण संरक्षण, मानव अधिकार, बाल अधिकारलगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान गरेका हुन् ।

 

नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरु यूएनसिएचआर, आईएलओलगायतका संघ संस्थाहरुले नेपालमा भईरहेका कामहरुको जानकारी गराउने उद्देश्यका साथ आफ्ना प्रचार सामग्रीहरुको पनि प्रदर्शनी गरेका थिए ।

प्रदर्शनीस्थलमा यूएनसँग आवद्ध नियोगका प्रमुखहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघ अन्तरगतका नियोगहरुले नेपालमा मानव अधिकार, बाल अधिकार, वातावरण संरक्षण, लिंगिय समानता लगायतका क्षेत्रका काम गर्दै आएका छन् ।