घाट सेवा केन्द्रका कर्मचारीको सेवा सुविधा बढाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

घाट सेवा केन्द्रका कर्मचारीको सेवा सुविधा बढाउने सहमति

pashupati aryaghat

काठमाडौं, ६ कात्तिक । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जलाउने लगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनु भयो ।

घाटसेवा केन्द्रका कर्मचारीको औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पु¥याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पुर्‍याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन ।

सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको पनि बताउनु भयो ।

घाट सेवाका कर्मचारीहरुले १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);