विराटनगरलाई हराउँदै क्याट क्विन्स डबलुसिएलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

विराटनगरलाई हराउँदै क्याट क्विन्स डबलुसिएलको फाइनलमा

kat queens

काठमाडौं, ५ कात्तिक । क्याट क्विन्स काठमाडौं राजधानीमा जारी महिला फ्रेन्चाइज लिग क्रिकेट डब्लुसीएलको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

अब काठमाडौंले फाइनलमा चितवन राइनोजसँग बिहिबार खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै यसअघि फाइनल पुगिसकेको छ । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । काठमाडौंको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो । विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् । विराटनगरलाई ६८ रनमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);