धनगढी, १ कात्तिक । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रीमण्डल परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताउनु भएको छ ।
कैलालीको धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफुबीच कुनै कुराकानी नभएको बताउनु भयो । अध्यक्ष दाहालले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्रीको स्वविवेकिय अधिकार भएको बताउनुभयो ।
वर्तमान नेकपाको सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले सुदूरपश्चिमलाई विगतमा पछाडि पारिएपनि अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।