ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा

bwase chituwa

काठमाडौं, १ कात्तिक । नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।

उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

“कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्या्पिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेका थियौँ”, उनले थपे, “दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अञ्जान छन् ।”

त्यसैले यस क्षेत्रमा ध्वाँसे चितुवा जोगाउँदै पर्यटन र संरक्षणमार्फत स्थानीयवासीको जनजीविका सहज बनाउने गरी परियोजना तयार गरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।