हङकङ समस्या समाधान गर्न नसकेको भन्दै बिपक्षीद्वारा राजीनामा माग
एजेन्सी, २९ असोज । संदसमा अबरोध भएपछि हङकङकी प्रमख कार्यकारी क्यारी लामले आफ्नो बार्षिक सम्बोधन स्थगित गर्नु परेको छ । विपक्षी सांसदहरुको अबरोधका कारण पटक पटकको प्रयास पछि पनि लामले संसदमा सम्बोधन गर्न नसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अबरोधका कारण संसद स्थगित भएपछि लामले सरकारी वेभसाइटमा भिडीयो मार्फत सम्बोधन गरेकी छिन् । उनको भिडियो सम्बोधनमा सुपुदर्गी विधेयक औपचारिक रुपमा फिर्ता लिएको उल्लेख छैन ।

सुपुदर्गी विधेयक फिर्ता हुनुपर्ने माग राख्दै हङकङमा गत जुलाइदेखि विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन मत्थर गर्न सुपुदर्गी विधेयक स्थगित गरिएपनि फिर्ता हुनुपर्ने माग राख्दै हङकङमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।
हङकङका जेलमा रहेका ब्यक्तिलाई मुख्यभूभी चीन फर्काउन ल्याइएको सुपुर्दगी बिधेयकको बिरुद्ध लाखौ हङकङवासी सडकमा ओर्लिएपछि हङकङ सरकारले उक्त बिधेयक स्थगित गरेको थियो । बिपक्षी सांसदले लामको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन ।




