राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

bidhya devi bhandari

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार म्यानमार प्रस्थान गर्नु भएको हो ।

त्यसपछि उहाँ म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नु हुनेछ । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्ता गर्नु हुनेछ भने म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आगामी कार्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);