राष्ट्रपति सीको नेपाल भ्रमणलाई लाभहानीको रुपमा विश्लेषण नगर्न मन्त्री बास्कोटाकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

राष्ट्रपति सीको नेपाल भ्रमणलाई लाभहानीको रुपमा विश्लेषण नगर्न मन्त्री बास्कोटाकाे आग्रह

gokulprasad-baskota

काठमाडौं, २८ असोज । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गर्नु भएको छ ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पुर्‍याएको पनि बताउनु भयो ।

त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गर्नु भयो ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको न्यायो र हार्दिक सम्बन्धलाई सगरमाथा झैं उचाई र सागरझैं गहिर्‍याईमा पुर्‍याएको छ,’ मन्त्री बास्कोटाले भन्नु भयो,‘यसलाई आजको भोली के भयो ? भन्ने कोणबाट विश्लेषण गर्न हुन्न ।’

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने सो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);