राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सर्बिया प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सर्बिया प्रस्थान

GANESH PRASHAD TEMILSENA

काठमाडौं, २७ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सर्बिया प्रस्थान गर्नुभएको छ । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन संघीय संसदको प्रतिनिधिमण्डल सहित अध्यक्ष तिमिल्सिेना सोमबार सर्बियाको बेलग्रेडतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँसँग प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाजसमेत सर्बिया प्रस्थान गर्नुभएको छ । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल समेत उक्त भ्रमणमा सहभागी हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);