स्वास्थ्य अवस्था जटिल भएपछि महराको अस्पतालमै बयान लिने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

स्वास्थ्य अवस्था जटिल भएपछि महराको अस्पतालमै बयान लिने तयारी

mahara-1

काठमाडौं, २७ असोज । उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ ।

महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।

तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);