संचारको सुरुवात गरेको हुलाक अस्तित्व जोगाउने प्रयासमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

संचारको सुरुवात गरेको हुलाक अस्तित्व जोगाउने प्रयासमा

hulak nepal

काठमाडौँ, २३ असोज। संचारको सुरुवात गरेको हुलाक अस्तित्व जोगाउने प्रयासमा, संचार जगतमा आएको परिवर्तनले आजभोली हुलाकको प्रयोग न्युन छ ।

बुधबार, विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाईने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको संझनामा सन् १९ सय ६९ देखि विश्व हुलाक दिवस मनाउन सुरु गरिएको हो ।

आधुनिक संचार जगतको सुरुवात नै हुलाकबाट भएको हो । विदेश गएका तथा टाढा भएका आफन्त वा परिवारका सदस्यहरुले घरमा कुरा गर्न र जानकारी लिन हुलाकको प्रयोग गर्ने गर्थे । गाउँघर देखि परदेश वा टाढासम्म चिठी वा खबर पु¥याउने हुलाकीहरु हुन्थे । उनिहरुले आफ्नो जीवनकाल नै चिठी ओहोरदोहोर गर्न मै वताएका छन् । उनिहरुको योगदानको संझनामा स्वरुप पनि अक्टोबर ९ मा हुलाक दिवस मनाइन्छ ।

पहिले गाउँमा कोहि आउने वित्तिकै हुलाकी आए होलान  भन्ने हुन्थ्यो । साथै हुलाकी आए ए हुलाकी दाई मेरो पत्र आएको छ भनेर भन्ने दिन अहिले छैन । संचार जगतमा आएको परिवर्तनले आजभोली हुलाकको महत्व कम हुँदै गएको छ ।

हुलाकको ठाउँमा आजभोली विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातमा भएको मोवाइलको युगले संचार क्षेत्रलाई नै परिवर्तन गरिदिएको छ । हुलाकको प्रयोग घट्दै गए पनि हामी आजभोली पनि औपचारीक वा अन्य अनौपचारीक जानकारी आदान प्रदानहरुमा चिठीको प्रयोग गर्ने गर्छौ । संचारको प्रारुप मानिएको हुलाकको जगेर्ना गर्न र आउँदो पुस्तालाई समेत भावि पुस्तालाई बताउन जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);