मलेसियामा १ लाखलाई रोजगारी | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

मलेसियामा १ लाखलाई रोजगारी

malesia

काठमाडौं, १५ असोज । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएरप्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको हो ।

मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो । अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाले बताएका छन् ।

विगत लामो समयदेखि मलेसिया खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवा संख्या १ लाख पुगको छ । जीएसजी नेपाल मलेसियाको अध्यागमन सुरक्षा प्रणालीका लागि काम गर्ने नेपालमा स्थापना गरिएको संस्था हो । मलेसिया र नेपाल सरकारका प्राविधिक टोलीले मलेसियाको रोजगारी खुला गरेपछिलाखौ युवा मलेसिया जाने तयारीमा लागेको म्यानपावर व्यवसायीले जनाएका छन् ।

मलेसियास्थित नेपाली राजदूतावासले भदौ ३० गते मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौ नेपाली मलेसिया जाने बाटो खुलेको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);