काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाउनु भएको छ । रिजालले तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गर्नु भयो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले र नेकपाका अध्यक्षा पुष्पकमल दाहालले अन्य पार्टीमाथि झम्टन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दावी पनि गर्नु भयो ।
काँग्रेस नेता रिजालले नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाईरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो ।